माओवादी केन्द्रद्वारा निर्वाचन आयोग समक्ष प्रधानमन्त्रीलाई कारबाहीको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७८, बिहीबार ०४:२०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री के.पी. शर्मा ओलीले मौन अवधिमा आफ्ना उम्मेद्वारलाई भोट मागेको भन्दै कारबाहीका लागि निर्वाचन आयोग समक्ष माग गरेको छ । उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका छन् ।

उनले के.पी. शर्मा ओली नेकपा (एमाले)का अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री समेत भएको उल्लेख गर्दै स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व भएको बताएका छन् ।

उनले वक्तव्यमा भनेका छन्, ‘यस विपरित सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ ।’

‘यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु, ’ जारी वक्तव्यमा उल्लेख छ ।

प्रेस वक्तव्य

आज मिति २०७८ जेष्ठ ५ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष के.पी. शर्मा ओलीद्वारा भोलि हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशका एमाले उम्मेद्वार रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गर्नुभएको अपिलले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जेष्ठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भइसकेको सन्दर्भमा गरिएको यसप्रकारको अपिल निर्वाचन आचार संहिता विपरित भएको स्वयम् निर्वाचन आयोगले सचेत गराइसकेको छ ।

के.पी. शर्मा ओली नेकपा (एमाले)का अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री समेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । यस विपरित सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ ।

यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु ।

निर्वाचन आयोग, राजनैतिक पार्टीहरु, निर्वाचन पर्यवेक्षकहरु, नागरिक समाज, पत्रकार तथा आम जनसमुदायमा यस प्रकारको अलोकतान्त्रिक हर्कतप्रति चनाखो हुँदै लोकतान्त्रिक मूल्य मान्यताको रक्षाको निम्ति एकजुट हुन अपिल गर्दछु ।

५ जेष्ठ, २०७८
………………………..
जोखबहादुर महरा ‘प्रताप’
प्रमुख स्वकीय सचिव
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालय

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१