अब प्रहरीले मास्क नलगाउनेलाई जरिवाना र सडकमा उभ्याउन नपाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७८, बुधबार ०४:२०

काठमाडौं । सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै मास्क नलगाउनेलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न भनेकाे छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्ताे अन्तरिम आदेश दिएको हो । आदेशमा मास्क नलगाउनेसँग जरिवाना लिने उनीहरुलाई होल्डिङ सेन्टरमा राख्ने अधिकार नेपाल प्रहरीसँग नरहेको जनाइएकाे छ । मास्क नलगाई हिँडेमा प्रहरीले जरिवाना लिने र होल्डिङ सेन्टरमा राख्ने गरेको छ ।

आदेशमा भनिएको छ, ‘यस्ता कार्यहरु नेपालको संविधान तथा संक्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्था प्रतिकुल नेपाल प्रहरीले अनधिकृत रुपमा प्रयोग गरेको देखिँदा प्रस्तुत रिटको टुंगो नलाग्दासम्म मास्क नलगाउने नागरिकलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने कार्यहरु तत्काल नगर्नू, नगराउनू’ ।

हेर्नुहोस् सर्वोच्च अदालतको आदेश:

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१