माधव नेपाल पक्षले भन्यो- ‘राष्ट्रियसभाको निर्वाचनमा बादललाई सघाउने वचन दिएको छैन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७८, बुधबार ०४:१७

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहेका गृहमन्त्री बादललाई सघाउने बचन नदिएको जनाएको छ ।

मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको माधव नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ जारी गरेको वक्तव्यमा उल्लेख छ ।

नेपालको सचिवालयका अनुरा नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् ।

नेता नेपाल र गृहमन्त्री ‘बादल’बीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । हमन्त्रीको प्रेस संयोजक किरण भट्टराईका अनुसार उक्त भेटवार्ता पार्टीको आन्तरिक विषय र यहि जेठ ६ गते हुने राष्ट्रियसभाको उप निर्वाचनको विषयमा केन्द्रित रहेको छ ।

भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहेका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताएका छन् । नेपाल र बादलबीचको भेट सकारात्मक रहेको प्रेस संयोजक भट्टराईको भनाई छ ।

नेता नेपाललाई भेट्न गृहमन्त्री ‘बादल’ कोटेश्वर पुगेका थिए । बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले थापा र विपक्षी गठबन्धन दुवैबाट डा। खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । थापाको चुनाव चिन्ह सूर्य रहेको छ भने देवकोटाको कमल रहेको छ ।

नेकपा एमालेभित्र विवाद भएका बेला नेता माधव नेपालको समेत समर्थन रहने विश्वासका साथ देवकोटालाई उम्मेदवार बनाएपनि अहिले एमाले मिलनबिन्दुतिर गएपछि माधव पक्षका मतदाता अन्योलमा परेको बुझिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१