मन्त्रीपरिषद् बैठकः विश्वासको मत पाउनेमा प्रधानमन्त्री विश्वस्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७८, मंगलवार ०५:०६

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै विश्वासको मत लिने तयारीमा आफू रहेको बताएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा उनले सरकारको नीति तथा कार्यक्रम र बजेट अगामै विश्वासको मत ल्याउने दाबी गरेको बैठक पश्चात एक मन्त्रीले बताए । वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा प्रधानमन्त्री ओलीले संवैधानिक प्रावधान अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

सोमबारको बैठकमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा पनि छलफल भएको थियो । बैठकमा स्वास्थ्य संकटकाल लगाउने भन्नेबारेमा छलफल भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी रहेको छ । निषेधाज्ञाका कारण जनजीवन ठप्प छ भने कोरोना संक्रमितहरुको मृत्यु पनि भइरहेको छ ।

प्रतिक्रिया