यात्रु ओसारेको आरोपमा एम्बुलेन्स चालक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७८, सोमबार ०५:११

जनकपुरधाम। यात्रु ओसारेको आरोपमा जनकपुर प्रहरीले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञामा अन्य सवारीसाधन बन्द हुँदा एम्बुलेन्सले नै यात्रु ओसार्ने गरेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले बटेश्वर गाउँपालिकाको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको जनाएको हो ।

ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेको अनुसार पुल्चोकबाट विराटनगर जाँदै गरेको ज १ च १६२५ नम्बरको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिइएको हो । ती चालकले यात्रुसँग १६ हजार ५ सय रूपियाँ लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१