‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्री ओलीले लिएको शपथबारे जसपाको आपत्ति (विज्ञप्तिसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७८, सोमबार ०५:०३

काठमाडौं । जनता समावादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः सफथ गराउन माग गरेको छ । प्रधानमन्त्री ओलीले वैशाख ३१ गते लिएको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग गरेको हो ।

प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए। ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए। प्रधानमन्त्री ओलीले सो शब्द उच्चारण नगरी ‘त्यो पर्दैन’ भनेकोमा जसपाले आपत्ति जनाएको छ ।

संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले वैशाख ३१ गते राष्ट्रवपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण गर्न मानेका थिएनन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्‍याएको भन्दै जसपाले पुनः शपथग्रहण गराउन माग गरेको छ ।

‘२०७८ वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक ‘त्यो पर्दैन’ भनेर ग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । सरकारले गर्ने राजनीतिक नियुक्तिमा संविधानमा व्यवस्था गरिएको समानुपातिक, समावेशी सिद्धान्त अपनाउन पनि माग गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१