हेली एभरेष्टका तीन निर्देशकहरुले सगरमाथाको सफल आरोहण गरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७८, आईतवार ०५:००

काठमाडौं । हेली एभरेष्ट प्रा.लि.का तीन जना निर्देशकहरुले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । कम्पनीका मार्केटिङ निर्देशक टाशी लाक्पा शेर्पा, अपरेशन निर्देशक एवम् पाइलट कृष्ण प्रसाद गौचन (सोवित) र प्रमोशन निर्देशक फुर्वा छिरिङ शेर्पाले गत मंगलबार बिहान ७ बजे सगरमाथाको सफल आरोहण गरेका हुन ।

हेली एभरेष्टको सम्पूर्ण परिवारलाई यो ठूलो विजयले निकै उत्साही बनाएको कम्पनीका प्रबन्ध निर्देशक फूर्वा ग्याल्जेन शेर्पाले बताए ।

आरोही टाशी शेर्पाले गिनीज वर्ल्ड रेकर्ड राखेका छन् । यस्तै गौचन सगरमाथा आरोहण गर्ने पहिलो पाइलट हुन् भने फूर्वा छिरिङ एक उदयीमान युवा हुन् । उनले पहिलो प्रयासमा सगरमाथाको सफल आरोहण गरेका हुन ।

उनीहरुको सफलताले आफूलाई निकै खुसी बनाएको भन्दै फूर्वा ग्याल्जेनले यो राष्ट्रकै लागि पनि गौरवको विषय भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१