सर्वपक्षीय छलफलमा प्रधानमन्त्री ओलीको यस्तो चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७८, आईतवार ०४:५३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीका बेला आवश्यक सामाग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि शनिबार बालुवाटारमा सरोकारवाला निकायसंगको छलफलका क्रममा उनले सामग्री खरिदका क्रममा भ्रष्टाचारको कुरा उठेको भन्दै भ्रष्टाचार गर्ने कसैलाई पनि नछाडिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अक्सिजन आयातको सवै व्यवस्था मिलाउन र नेपालमा पनि उत्पादनका साथै सहज वितरण गर्न निर्देशन दिए । उनले सावधानि नअपनाएका कारण नै नेपालमा दोश्रो चरणको कोरोना महामारी फैलिएको धारणा राखे ।


प्रधानमन्त्री ओली कोरोना महामारी न्युनीकरण र नियन्त्रणका लागि सरकार गम्भीर रहेको यसमा सवै सरोकारवालाहरुको सहभागीता आवश्यक रहेको जिकिर गरे । उनले सरकारी संयन्त्रबीच नै समन्वयको अभाव देखिएको र यसको प्रभाव कोरोना उपचारमा देखिएको उल्लेख गरे । उनले कोरोना रोकथाममा गरेका सरकारी प्रयासलाई नकारात्मक रुपमा टिप्पणी र भ्रम नछर्न आग्रह गरे ।

सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित रहेको उनको भनाई छ । छलफलमा सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहित सहभागी थिए । उनीहरुले कोरोना नियन्त्रण र उपचारका लागि सुझाव पनि दिएका छन् । सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउने प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया