घरमा अक्सिजन सिलिण्डर नराख्न सरकारको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७८, शनिबार ०४:३६

काठमाडौं । नेपाल सरकारले डाक्टरको सल्लाह बिना घरमा अक्सिजन सिलिण्डर नराख्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई अन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले आज एक सार्वजनिक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, “चिकित्सकको सिफारिस बाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न, भएका सिलिण्डर नजिकको अस्पताल वा स्थानीय प्रशासनमा उपलब्ध गराउनु हुन मिति २०७८/०१/३० गतेको नेपाल सरकारको नियमानुसार सम्बन्धित सबैमा अनुरोध छ ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१