प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरूलाई एमालेको ह्वीप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०७८, सोमबार ०५:००

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले ह्वीप जारी गरेका हुन् ।

पत्रमा कोरोनाका कारण प्रतिकूल अवस्था उत्पन्न भएकोले संसदीय दलको बैठक बस्न नसकेपनि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन अनुसार ह्वीप जारी गरिएको उल्लेख छ ।

प्रतिक्रिया