काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम दिने निर्णय गरेको छ । आज बसेको सो समूहका सांसदहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
उनीहरुले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिवद्धता व्यक्त गर्न वैशाख २७ गते विहान ९ बजेसम्मको अल्टिमेटम दिएका हुन् ।
सो पक्षले अल्टिमेटम पुरा गरे संसदमा विश्वासको मत दिने निर्णय पनि गरेको छ । बैठक पश्चात सञ्चारकर्मीसँग बोल्दै नेता योगेश भट्टराईले आफूहरुलाई किनारा लगाउने हिसाबले गए भोलि नै कठोर निर्णय गर्नसक्ने चेतावनी पनि दिए ।
प्रतिक्रिया