वीरको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७८, आईतवार ०५:४०

काठमाडौँ। सरकारले वीर अस्पतालको नयाँ भवनमा कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकालाई मात्रै उपचार गर्ने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधनका क्रममा घोषणा गरेअनुसार वीरको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीको घोषणालाई आधार मान्दै आफ्नो नयाँ भवनमा कम्तिमा पाँच सय बेडसहितको उपचार सेवा दिने गरी हाल जनशक्ति र उपकरणको व्यवस्थामा वीर जुटिरहेको छ ।

त्यसको नाम युनिफाइड कोभिड अस्पताल राख्ने प्रस्ताव गरिएको छ ।

बैठकमा सामेल एक मन्त्रीका अनुसार शनिबारको बैठकमा राजनीतिसम्बन्धी कुनै पनि निर्णय भएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१