राष्ट्रपतिले प्रधानमन्त्री ओलीका असंवैधानिक कदमलाई समर्थन गर्नु आपत्तिजनक: देउवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७८, आईतवार ०५:३६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदमका पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीको सहयोग महत्वपूर्ण रहेको बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमलाई समर्थन गर्नु आपत्तिजनक रहेको बताए ।

देउवाले लोकतान्त्रिक मूल्य विपरीत सरकारले काम गरिरहेको र ओलीको विकल्प खोज्न हरसम्भव प्रयास भइरहेको समेत कांग्रेस सांसदलाई ब्रिफिङ गरेका छन् ।

बैठकमा देउवाले ओलीको विकल्प खोज्ने, विश्वासको मत फेल गराउने, अविश्वास प्रस्ताव पास गराउने बताएका हुन् । कांग्रेस सांसदहरुलाई ब्रिफिङ गर्दै देउवाले कानूनविद् र अन्य दलससँग छलफल गरे आफूले आवश्यक कदम चाल्ने समेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए निर्वाचन घोषणा गर्ने संकेत गरेको भन्दै देउवाले ओलीलाई निर्वाचन गराउने अधिकार नभएको समेत बताएका छन् । ‘२७ गते विश्वासको मत नपाएपछि ओलीले चुनाव गराउन पाउँदैनन् । संविधानले पनि ओलीलाई चुनाव गर्न दिदैंन । सरकार गठनको सबै कोर्स पूरा नभई चुनाव पनि हुँदैन’, देउवाले भने ।

प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ को १ देखिका दफाहरु सक्रिय हुने भन्दै देउवाले ७६ (२) बमोजिमको गठबन्धन सरकारका लागि प्रयास भइरहेको देउवाले सांसदहरुलाई ब्रिफिङ गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१