संवैधानिक परिषदको बैठकमा नजान प्रचण्डको आग्रह (प्रेस वक्तव्य)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७८, आईतवार ०५:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रले संवैधानिक परिषद्को बैठक स्थगित सरकारलाई आग्रह गरेको छ । माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले शनिबार वक्तव्य जारी गर्दै संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई प्रचण्डले वक्तव्यमार्फत आग्रह गरेका छन् ।

संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित सरकारले अध्यादेशको दुरुपयोग गरेको समेत प्रचण्डले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठकमा नजाने बताइसकेका छन् । यस्तै प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले पनि परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई अपील गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१