दीप बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७८, शनिबार ०५:२५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले अख्तियारले आफ्नै बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो ।

केही दिनअघि बस्न्यातले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रतिक्रिया