नेपालमा एकैदिन ९ हजार ७० कोरोना संक्रमित थपिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७८, शुक्रबार ०५:२५

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ९७० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

२० हजार ३६७ जनाको पीसीआर र ७७५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।

२४ घण्टामा थप २७ सय ७ जनाले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १४, उदयपुरमा ९, ओखलढुंगामा ७, खोटाङमा २, झापामा १५३, पाँचथरमा ४, तेह्रथुममा ३, धनकुटामा ५, भोजपुरमा ५, मोरङमा२५५, संखुवासभामा १८, सुनसरी १३३ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १४०, पर्सामा १०४, बारामा ४३, महोत्तरीमा ५५, रौतहटमा ३९, सप्तरीमा २४, सर्लाहीमा २८ र सिरहामा ४० जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३१ सय ६३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५२, चितवनमा ८६, दोलखामा ३६, धादिङमा ८३, नुवाकोटमा ४९, भक्तपुरमा २४२, मकवानपुरमा १२६, रसुवामा ४४, रामेछापमा १६, ललितपुरमा ५६७, सिन्धुपाल्चोकमा ४६ र सिन्धुली ९ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३७५, गोरखामा ७४, तनहुँमा ४४, नवलपरासी पूर्वमा १, पर्वत १३, मुस्ताङ १, म्याग्दी ३२, लमजुङमा ३४, बागलुङमा १२ र स्याङजामा २४ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७३, कपिलवस्तुमा ५०, गुल्मीमा १९, दाङमा २४६, नवलपरासीमा १६०, पाल्पामा ८६, प्यूठानमा ११, बर्दियाका ४२, बाँकेमा ३९८, रुकुम पूर्व १, रुपन्देहीमा १०६९ र रोल्पामा १० जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ५, जाजरकोटमा ८, जुम्ला १०, दैलेखमा ४३, रुकुम पश्चिममा १, सल्यानमा ३, सुर्खेतमा २०६ र हुम्लामा ४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ५९, कञ्चनपुरमा २२, कैलालीमा ११५, डडेल्धुरामा ४९, डोटी ३१, दार्चुला ३, बझाङमा २, र बैतडीमा ३० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा मात्रै थपिए ३९ सय ७२ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३१ सय ६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा गरी कुल ३९ सय ७२ जना थपिएको जानकारी दिएका हुन् ।

कुन उमेर समूहमा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २२ सय ३४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – २२९
१०-१९ वर्ष – ५८८
२०-२९ वर्ष – २२९३
३०-३९ वर्ष – २२३४
४०-४९ वर्ष – १५६९
५०-५९ वर्ष – ११६८
६०-६९ वर्ष – ५८०
७०-७९ वर्ष – २६८
८०-८९ वर्ष – ८४
९०-१०० वर्ष- १४
अज्ञात – ४२

सक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय नाघ्यो

नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ७२ हजार ५ सय नाघेको छ ।

पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ । यसअघि हिजो बुधबारसम्म सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ थियो ।

३७ जिल्ला ‘रेड जोन’मा

नेपालका ३७ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार २० जिल्लामा पाँच सयभन्दा बढी र १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छ्न।

त्यसैगरी,गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी, प्रदेश २ को बारा, महोत्तरी र रौतहट, बागमती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली र धादिङमा मा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशको गोरखा, तनहुँ र नवलपरासी (पूर्व)मा, लुम्बिनी प्रदेशको नवलपरासी (पश्चिम), गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन्।

सुदूरपश्चिम प्रदेशको कन्चनपुर, डडेलधुरा, बैतडी र डोटीमा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

८५३ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा

नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ८५३ जना स‌क्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर २०१ जना संक्रमित भेन्टिलेटरमा र ६५२ को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा १०७ जना संक्रमित आईसीयूमा र १७ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा हाल आईसीयूमा २४ र भेन्टिलेटरमा २ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा ३४९ जना आईसीयूमा र १२५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा ३८ जना आईसीयूमा र१३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३३ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा थप ५४ कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ५२९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१