काठमाडौं । पाँचतारे होटलमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच केही समयअघि भेटवार्ता भएको थियो । उक्त भेटले नेपाली राजनीतिमा एमालेभित्र गतिरोध अन्त्यको आशा गरिएको थियो । त्यस्तै प्रकारले दुबै पक्षका नेताहरुबीच बिहिवार साँझ पनि छलफल भएको छ । दुबै पक्षका नेताहरुबीचको छलफलबाट नेकपा एमाले पार्टी भित्रको गतिरोध अन्त्यका लागि भएको अर्को पहलका रुपमा चर्चा भएको छ ।
साँझ नागपोखरीस्थित होटल मेरियटमा भएको छलफलमा प्रधानमन्त्री ओली पक्षका नेता तथा अर्थमन्त्री विष्णु पौडेल र वरिष्ठ नेता नेपाल पक्षका सुरेन्द्र पाण्डे र घनश्याम भुसाल भएको बताइएको छ ।
आज नै नेता नेपालले प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउबालाई भेटेका छन् भने लगत्तै उनले राष्ट्रपति विद्यादेबी भण्डारीलाई पनि भेटेका छन् । वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि दोस्रो तहका नेताहरूबीचको यस छलफललाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया