काठमाडौं । गृह मन्त्रालयले नेपाल घुम्न आएका पर्यटकहरु बीच बाटोमै अलपत्र परेको घटना सार्वजनिक भएपछि सहजिकरण गरिदिन परिपत्र गरेको छ ।
कोरोना भाइरसको नयाँ भरियन्टको संक्रमणसँग देशका विभिन्न भागहरुमा लगाइएको लकडाउनमा अलपत्र परेका विदेशी नागरिकको उद्दार गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।
गृहले उनीहरुसँग भएका पासपोर्ट, भिषा र सम्बन्धित देश फर्कनका लागि टिकट भए होटलमा क्वारेन्टाइनको व्यवस्था गर्न पनि निर्देशन गरेको छ । उनीहरुलाई काठमाडौं फर्काउने व्यवस्था मिलाउन गृहले परिपत्र गरेको छ ।
प्रतिक्रिया