काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
बुधबार देउवा निवास बूढानिलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेका हुन् ।
बैठकपछि नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले विश्वासको मत लिने प्रकियामा सहयोग गर्न आग्रह गरेको बताए ।
“विश्वासको मतमा कांग्रेसको सहयोगको आपेक्षा गर्दछू भनेर प्रधानमन्त्रीले भन्नुभयो,” महतले भने,“हामी विपक्षी पार्टी हो । अहिले हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भनेर हामीले आफ्नो धारणा राख्यौँ ।”
कांग्रेस नेताहरुले कोरोना खोप खरिद प्रक्रियामा भएका अनियमितता, अध्यादेशमार्फत सरकार चलाउन खोजेको, लुम्बिनी प्रदेशमा भएको घटनाबारे पनि सरकारको ध्यानाकर्ष गराएको थियो ।
प्रतिक्रिया