प्रधानमन्त्री ओलीलाई फेल गराउने कांग्रेसको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७८, बुधबार ०५:४३

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा फेल गराउने पहल गर्ने निर्णय गरेको छ ।

कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले त्यसका लागि दलहरुसँग पहिला छलफल गर्ने निर्णय गरेको हो ।

कोरोना महामारी लगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई फेल गराउन पहल गर्ने निर्णय गरेको जनाएको छ ।

‘प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयोजनका लागि २७ गते संसदको बैठक बस्ने निर्णय भएको छ, त्यो विश्वासको मतलाई असफल बनाउन कांग्रेसले पहल गर्ने निर्णय भएको छ’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने ।

ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई भत्काउने काम गरेको र प्रदेशहरुमा पनि अल्पमतमा पुगेपछि पनि जबरजस्ती सरकार बनाएको सम्ेत् कांग्रेसको आरोप छ । त्यस्तै सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि ल्याएकोमा कांग्रेसले आपत्ति समेत जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१