काठमाडौं, मस्तिष्कको कमजोरी हटाउनका लागी स्याउ एक अचूक औषधी हो । त्यसैले रोगीहरूलाइ दैनिक एउटा स्याउ खान दिनुस । यस बाहेक बिहानको भोजन तथा रातीको भोजनमा काँचो स्याउ सलादका रूपमा खान दिँदा यसले निकै फाइदा पुर्याउँछ । सँझ एक गिलास स्याउको रस तथा राती सुत्नु अघि एक मिठो स्याउ खान दिएमा बिरामीको अबस्थामा सुधार आउन थाल्दछ ।
जो मानिसहरू आंखाको कमजोरको समस्यामा छन, उनीहरूलाइ एक ताजा स्याउ पातलो भाग केही दिन सम्म आँखामा बाँधेर राख्दा निकै फाइदा पुर्याउँदछ । यदि भोजनका साथमा दैनिक ताजा मक्खन तथा मिठो स्याउ खाने गरेमा नेत्र ज्योति तेजिलो हुन्छ साथै पिशाब खुलेर आउँदछ तथा अनुहारमा पनि चमक देखिन्छ ।
हरेक दिन एक स्याउ खानले कम्मरको बोसो बढ्ने समस्या पनि बरिब २१ प्रतिशत सम्म कम हुने गर्दछ । स्याउमा भिटामिन ए तथा सी, क्याल्शियम, पोटाशियम र फाइबर निकै मात्रामा पाइन्छ ।
यी त्यस्ता पोषक तत्व हुन, जसले हामिलाइ स्वास्थ बनाउँदछ । यसमा प्रचुर मात्रामा पाइने एन्टी अक्सीडेन्ट्स लुकेको हुन्छ । रातो स्याउमा अन्य प्रजातिको तुलनामा एन्टी अक्सीडेन्ट्स धेरै पाइन्छ । यसै कारणले रातो स्याउ क्यान्सर, मधुमेह, हृदय रोग तथा पार्किन्सन साथै अल्जाइमर जस्ता रोगहरूमा पनि निकै लाभकारी हुने गर्दछ ।
प्रतिक्रिया