गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए सपथ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७८, मंगलवार ०४:२९

काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा उनीहरुलाई सपथ खुवाएकी हुन्।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै आज मन्त्रिपरिषद् बैठकले नयाँ नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन।

यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए। उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१