काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशमा अल्पमतमा परेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको घटनाको भर्त्सना गर्दै निर्णय सच्याउन माग गरेका छन् ।
आइतबार बेलुका एक विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतका बहुमत सांसदहरुले हस्ताक्षर गरी प्रस्ताव गरिएका कुलप्रसाद केसीलाई तत्कालै मुख्यमन्त्रीमा नियुक्ति गर्न माग गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दावेदार कुलप्रसाद केसीलाई नियुक्ति र सपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न लुम्बिनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गर्दछौँ ।’ उनले प्रदेश प्रमुखबाट भएको गल्ती सच्याउन भनेका छन् ।
‘राजीनामालाई सकारात्मक रुपमा लिन सकिन्छ तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक छ ।’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ उनले जारी गरेको प्रेस विज्ञप्ति
प्रतिक्रिया