सरकारले भन्यो यी २२ जिल्लामा अस्पतालका शैया भरिए अब उपलब्ध गराउन सकिन्न आफै सचेत हुनु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७८, शनिबार ०५:२८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणका नाममा अत्यन्तै जरुरी अपिल गरेको छ । मन्त्रालयका सहप्रवत्ता डा। समिरकुमार अधिकारीले जारी गरेको सुचनामा भनिएको छ, ‘कोभिड–१९ संक्रमण नेपालमा हाल निकै नै उच्च गतिमा फैलिरहेको अवस्था छ ।

कोभिड–१९ संक्रमणका हिसाबले नेपालमा अति प्रभावित जिल्लाहरु (मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, स्पन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर) मा संक्रमण फैलने दर डरलाग्दो गरी बढीरहेको छ ।

 

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइ सकेको छ ।

त्यसैले सबै दाजुभाई दिदी बहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ । संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु (मास्क लगाऔं, भौतिक दुरी कायम गरौं, बेलाबेलामा साबुनपानीले हात धोऔं) नै उत्तम उपाय हुन् ।

कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तिरक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगर्नु नगराउनहुन, कुनै पनि सार्वजनिक स्थलहरुमा जाने भिडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु अत्यन्तै जरुरी छ ।

जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशील भई कडा रुपमा पालना गर्नु गराउनु पर्नेछ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबै जना संवेदनशील बनिदिनुहुन हार्दिक अपील छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१