समाचार कक्षमा फैलियो संक्रमण, यसरी रुँदैछन् आजतकका एंकर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७८, शनिबार ०५:२०

काठमाडौं । चर्चित भारतीय टेलिभिजन एंकर रोहित सरदानाको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको निधनपछि यतिबेला भारतीय पत्रकारिता गहिरो शोकमा डुबेको छ ।

शुक्रबार कोभिड-१९ संक्रमणले निधन भएका सरदानाप्रति राष्ट्रपति, प्रधानमन्त्रीदेखि पत्रकारिता, बलिउड र सर्वसाधारणले दुःख व्यक्त गरे ।

सहकर्मीको मृत्युको समाचार पढ्दा आफूलाई सम्हाल्न सकिनन् आजतक टेलिभिजनकी कार्यकारी सम्पादक अञ्जना ओम कश्यपले । न्यूजरुममा वर्षौं बिताएको, हाँसखेल गरेको र थुप्रै न्यूजहरु स्कुप हानेको लगायतका स्मरण गर्दै कश्यपले आफ्नै सहकर्मी रोहित सरदानाप्रति श्रद्धासुमन व्यक्त गरेकी छन् । उनको मस्तिष्कमा फिल्मको रिलजस्तै घुमिरहे ती स्मृतिहरु ।

जी-न्यूजमा ‘ताल ठोक के’ सो चलाएर हिट बनेका रोहितले राजनीतिज्ञदेखि सेलेव्रिटीलाई हायल–कायल पार्थे र स्पष्ट दृष्टिकोण प्रस्तुत गर्थे । उनको निधनमा भारतीय राजनीति, कलाकारिता, कर्पोरेट क्षेत्रले व्यक्त गरेको ‘अबिच्यूरी’पूर्ण स्टेटमेन्टहरु यसका प्रमाण हुन् ।

जी-न्यूज प्रधानसम्पादक सुधीर चौधरी लेख्छन्, ‘थोरै पहिले मलाई हाम्रा क्राइम रिपोर्टरको फोन आयो । उसले भनेको कुरा सुन्दा मेरो हात काँप्यो । हाम्रा मित्र तथा सहयोगी रोहित सरदानाको मृत्यु थियो । यो भाइरसले हामी नजिकको कसैलाई उठाएर लैजान्छ भन्ने कुरा कल्पना बाहिरको थियो । यसका लागि म तयार थिइँन । भगवानको यो अन्याय थियो । ओम शान्ति ।’

४१ वर्षिय पत्रकार सरदानालाई कुम्भ मेलामा रिपोर्टिङमा जाँदा कोरोना संक्रमण भएको उनी निकट स्रोतको भनाई छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई नोएडाको मल्ट्रि–स्पेसालिटी अस्पताल भर्ना गरिएको थियो । उनको अन्तिम संस्कार कुरुक्षेत्रमा गरिने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१