नुवाकोटको त्रिशुली अस्पतालका ५ जना चिकित्सक कोरोना संक्रमित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७८, शनिबार ०५:१८

काठमाडौं । नुवाकोटको त्रिशुली अस्पतालका ५ जना चिकित्सकमा कोरोना संक्रमण भएको छ ।

उक्त अस्पतालमा ५ जना चिकित्सकसहित ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको अस्पतालको मेसु डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

अस्पतालमा अहिले १० जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमा तीन जना आइसियूमा रहेको पाण्डेले जानकारी दिए ।

आज अस्पतालमा ६४ जनाले कोरोना परीक्षण गराएकोमा ६२ जनामा कोरोना संक्रमण भेटिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१