कोलकातालाई ७ विकेटले हराउँदै दिल्ली दोस्रो स्थानमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७८, शुक्रबार ०५:०६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी २० क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्स विजयी भएको छ । बिहीबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ ।

१ सय ५५ रनको लक्ष्य पाएको दिल्लीले १६.३ ओभरमा पूरा गर्दै ७ विकेटको जित हासिल गरेको हो ।

दिल्लीको जितमा पृथ्वी शाँ र शिखर धवनले पहिलो विकेटका लागि १ सय ३२ रनको शतकीय साझेदारी गरे । शाँले ४१ बलमा ३ छक्का र ११ चौकाको मद्धतमा ८२ रन बनाए भने धवनले ४६ रन जोडे ।

यस्तै, कप्तान रिषभ पन्तले १६ तथा मर्कूस स्टोइनिसले ६ रनको योगदान दिए ।

यसअघि, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो ।

कोलकाताका आन्द्र रसेलले नटआउट ४५ रन बनाए । यस्तै, शुभमन गिलले ४३, राहुल त्रिपाठीले १९, नितिश रानाले १५, दिनेश कार्तिकले १४ तथा प्याट कमिन्सले अविजित ११ रन जोडे ।

दिल्लीका अक्षर पटेल र ललित यादवले समान २-२ तथा अवेश खान र मर्कूस स्टोइनिसले एक-एक विकेट हात पारे ।

जितसँगै दिल्ली तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले चेन्नइ र बैंगलोरभन्दा एक खेल बढी खेलेको छ । सबैको १० अंक छ । रनरेटको आधारमा चेन्नइ पहिलो, दिल्ली दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१