अमेरिकी वैज्ञानिकले बनाए रगतमा रहेको कोरोना नष्ट गर्ने माइक्रोचिप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७८, शुक्रबार ०५:०४

एजेन्सी । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनका वैज्ञानिकहरुले शरीरमा कोरोना भाइरसको लक्षण सजिलै पत्ता लगाउने एक माइक्रोचिममा आधारित प्रविधिको विकास गरेको छ । यो चिपले रगतमा रहेको भाइरसलाई छानेर शरीर बाहिर निकाल्छ । यस प्रविधिलाई डिफेन्स एडभाइस रिसर्च एजेन्सीले विकसित गरेको हो ।

यसको निर्माण टीमका प्रमुख महामारी विशेषज्ञ रिटायर्ड कर्नल डा. म्याट ह्यापबर्नले कोरोना भाइरसलाई अन्तिम भाइरस भएको दाबी गरेका छन् । उनले अब मानव समुदायलाई भविश्यमा कुनै पनि प्रकारको जैविक र रसायनिक हमलाबाट बचाउनका लागि पूर्ण रुपमा सक्षम हुने बताएका छन् । डा. ह्यापबर्नले माइक्रोचिप शरीरको कुनै पनि भागको छाला भित्र लगाउन सकिने बताए । यो शरीरमा हुने हरेक प्रकारको रसायनिक प्रतिक्रियाको बारेमा जानकारी दिने र उसले कति समय पछि संक्रमित हुनेछ भन्ने संकेत मार्फत दिने उनको भनाई छ ।

डा. ह्यापबर्नले तन्तु जस्ता जालो देखाउँदै माइक्रोचिपमा लाग्ने र निरन्तर रक्त परीक्षण रिपोर्ट पठाउने बताए । उनले भने, ‘तपाईं जहाँ हुनुहुन्छ त्यहि रगतको जाँच गर्न सक्नुहुन्छ । यसको रिपोर्ट ३ देखि ५ मिनेट भित्र प्राप्त गर्न सक्नुहुन्छ ।’ उनका अनुसार यसबाट बिना कुनै समय लगाई संक्रमण फैलिनु भन्दा अघि भाइरसको स्थिति जहाँ हो त्यहिँबाट भाइरस नष्ट गर्न सकिन्छ ।

अमेरिकी सैनिक हेडक्वाटर पेण्टागनको एक सहयोगी प्याथोलोजि संस्थाले रगतको जाँचका लागि डायलिसिस जस्तै एक मेसिन विकसित गरे । यो रगतबाट भाइरसलाई पुर्ण रुपमा छान्न सकियोस् भनेर उनीहरुले यस्तो प्रविधि विकास गरे । डा. ह्यापबर्नका अनुसार उनीहरुले एक जना सेनामा यसको प्रयोग गरे । यो मेसिन मार्फत ती सेनाको रगतबाट भाइरस पुरै नष्ट भयो र अहिले उनी पुर्ण रुपमा तन्दुरुस्त छन् । अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यो मेसिनलाई आपतकालिन उपयोगका लागि अनुमति पनि दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१