१५०० उडिरहेका चराहरु एक्कासी भुईमा खस्दै मृत्यु हुँदै गरेका दृष्यको वास्तविकताले झस्कायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७८, बिहीबार ०५:३७

काठमाडौ । आकाशमा उडिरहेका चराहरु अचानक भकाभक जमिनमा खसेको दृष्य वास्तवमै अनौठो थियो । जमिनमा खसेर संसार छोड्दै गरेका चराहरुको संख्या पनि उदेकलाग्दो थियो । उडिरहेका चराहरु एक्कासी भुईमा खस्दै मृत्यु भइरहेका दृश्य देखेका मानिसहरुले त्यो भिडियो र तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

त्यस्ता दृष्य यतिबेला सामाजिक संजालमा भाइरल हुन थालेका छन् । ति दृश्यहरु अमेरिकाको फिलाडेल्फियाका हुन् । फिलाडेल्फिस शहरमा १ हजार ५०० चराहरु आकाशबाट भटाभट खसेको समाचारमा जनाइएको छ । आकाशबाट तल खसेका चराहरु मध्ये धेरैको मृत्यु भएको खबर अन्तरष्ट्रिय समाचारमा उल्लेख छ ।

सोही स्थानमा आजभन्दा ७२ वर्ष पहिला सन् १९४८ मा यस्तो घटना भएको बताइएको छ । फिलाडेल्फिस शहरमा आकाशबाट चराहरु किन खसे भन्ने विषयमा अध्ययन सुरु गरिएको छ । यो अचम्मको घटनाले वैज्ञानिक र अनुसन्धान केन्द्रहरु नै अचम्मा परेका छन् । अहिले सम्म त्यसको कारण खुलेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१