नेपालमा एकैदिन ४ हजार ८९७ कोरोना संक्रमित थपिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७८, बिहीबार ०५:२३

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ७७४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१३ हजार ८७९ जनाको पीसीआर र ९५५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ ।

काठमाडौँ उपत्यकामा मात्रै थपिए २ हजार ४७ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंमा १ हजार ४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनामा गरी कुल २ हजार ४७ जना थपिएको जानकारी दिएका हुन् । यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यस्तो छ जिल्लागत विवरण

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा २, झापामा ४०, ताप्लेजुङमा २३, धनकुटामा १, भोजपुर ३, मोरङमा १२८ , र सुनसरी ४९ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ५३, पर्सामा १२३, बारामा ४१, महोत्तरीमा १७, रौतहटमा २३, सप्तरीमा ७, सर्लाहीमा १० र सिरहामा १७ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ४६४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५०, चितवनमा १४७, दोलखामा ६, धादिङमा २२, नुवाकोटमा २५, भक्तपुरमा २३२, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा ८, ललितपुरमा ३५१, सिन्धुपाल्चोकमा १७ र सिन्धुली ८ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८२, गोरखामा ६१, तनहुँमा १५, नवलपरासी पूर्वमा १८, पर्वत ११, मुस्ताङ १, म्याग्दी १३, लमजुङमा १, बागलुङमा २१ र स्याङजामा २१ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २०, कपिलवस्तुमा ४७, गुल्मीमा १८, दाङमा १८०, नवलपरासीमा २८, पाल्पामा २८, प्यूठानमा ८, बर्दियाका २८, बाँकेमा ३२८, रुकुम पूर्व ५, रुपन्देहीमा ४३४ र रोल्पामा ९ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ५, जाजरकोटमा ८, जुम्ला ८, डोल्पा १, दैलेखमा ५, मुगु २, रुकुम पश्चिममा ३, सल्यानमा ५ र सुर्खेतमा १३२ जनमा कोरोना भेटिएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा २४, कैलालीमा १९४, डडेल्धुरामा १२, डोटी २, दार्चुला १, बझाङमा २, बाजुरामा १ र बैतडीमा २२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा थप ७७३ ले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप ७७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७९ हजार २७९ पुगेको छ ।

आज कुन उमेरसमूहमा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १२ सय २१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उमेर समूहअनुसार यस्तो छ कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – ९९
१०-१९ वर्ष – ३१७
२०-२९ वर्ष – १,२२१
३०-३९ वर्ष – १,१६०
४०-४९ वर्ष – ८९९
५०-५९ वर्ष – ६०९
६०-६९ वर्ष – २७६
७०-७९ वर्ष – १२३
८०-८९ वर्ष – ३९
९०-१०० वर्ष- २
अज्ञात – २९

थप १७ कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु संख्या १७ र २४ घण्टा भित्रमा मृत्यु भएकाहरुको संख्या १० रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २११ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यी हुन् ५ सय बढी सक्रिय संक्रमित भएका १२ जिल्ला

मन्त्रालयले नेपालका हाल १२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।

यसैगरी १० वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रे, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१