उपनिर्वाचनमा रु एक करोड ६१ लाख खर्च हुने अनुमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७८, बुधबार ०५:३२

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि तयार पारेको छ ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि रु एक करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको छ । कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचारसमेत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच, आयोगले न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१