बाँकेमा एकैदिन कोरोना संक्रमित ८ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७८, बुधबार ०५:२८

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा बाँकेमा आठ जनाको मृत्यु भएको छ ।

कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला रहेका छन् । त्यस्तै बाँके खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एक-एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।

योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ । तीमध्ये बाँकेका मात्र ९७ जना रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१