सर्वोच्च अदालतमा बुधाबारदेखि अत्यावश्यक बाहेकका सुनुवाइ नहुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७८, बुधबार ०५:२६

काठमाडौँ। सर्वोच्च अदालतले भोलिबाट (बुधबार) अत्यावश्यक बाहेकका सुनुवाइ नगर्ने भएको छ।

सर्वोच्च अदालतको मंगलबार बसेको पूर्णबैठकले वैशाख मसान्तसम्म बन्दीप्रत्यक्षीकरण, तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरुको मात्रै दर्ता सुनुवाइ गर्ने निर्णय गरेको हो।

अन्य सेवा भने स्थगन गर्ने निर्णय भएको अदालतका सहप्रवक्ता देबेन्द्र ढकालले सूचनामार्फत जानकारी गराएका छन्। उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुले स्थानीय परिस्थिति एवं जोखिमको अवस्था अनुसार निर्णय गर्न सक्ने सर्वोच्चले जनाएको छ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१