माओवादी केन्द्रले भन्यो- ‘जसपाले निर्णय गर्नासाथ अविश्वास प्रस्ताव दर्ता गर्छौं’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७८, बुधबार ०५:१६

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनता समाजवादी (जसपा) ले निर्णय गर्नासाथ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जसपाले निर्णय गर्नासाथ प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताएका हुन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले नेपाली कांग्रेस अविश्वासको प्रस्ताव लैजान तयार भएको तर जसपाले भने निर्णय गरिनसकेको बताए ।

प्रवक्ता श्रेष्ठले भने, ‘जसपा तयार हुनासाथ अविश्वासको प्रस्ताव ल्याउँछौँ । अब निर्णय लम्बिनु हुँदैन् । हामी प्रतिक्षामा छौं । नयाँ सरकार बनाउन पार्टीले पहल गरिरहेका छौँ’

त्यस्तै माओवादी केन्द्रले कोभिड-१९ अस्पताल बनाउन सरकारलाई सुझाव दिएको छ । आज बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बसेको बैठकले महामारीप्रति संवेदनशील बन्न सरकारसँग माग गर्दै यस्तो सुझाव दिएको हो ।

कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन समेत सरकारसँग माओवादी केन्द्रले माग गरेको हो ।

बैठक सकिएलगत्तै पत्रकारहरुसँग पार्टीका प्रवक्ता श्रेष्ठले कोभिड र कोभिडका बिरामीलाई एउटै अस्पतालमा राख्नु उपयुक्त नहुने भन्दै माओवादी केन्द्रले डेडिकेटेड कोभिड–१९ अस्पताल बनाउन सरकारलाई आग्रह गरेका छन् ।

पार्टीका प्रवक्ता श्रेष्ठका अनुसार अक्सिजन, आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई आग्रह गरेको हो । आजको बैठकले मजदुर, श्रमजिवीहरुलाई राहत प्याकेज ल्याउन पनि माग गरेको प्रवक्ता श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१