विकिनीमा किमको कानून अध्ययन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७८, मंगलवार ०४:४०

लसएञ्जल्स । हलिउड स्टार किम कार्दासियन आफ्नो बोल्डनेसका कारण संसारभर प्रख्यात छिन् । उनी सामाजिक सञ्जालमा पनि खुबै सक्रिय छिन् ।

उनी आफ्ना हरेक गतिविधिलाई सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनले कानूनको पुस्तक पढ्दै गरेको एक तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् । जुन तस्वीर निकै भाइरल भइरहेको छ ।

तस्वीर भाइरल हुने प्रमुख कारण उनको पहिरन हो । तस्वीरमा उनी सेतो बिकिनी लगाएर पुस्तक पढिरहेकी छन् । तस्वीर हेरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीबारे टिप्पणी गरिरहेका छन् ।

‘स्टडी इन द सन’ उनले तस्वीरमा लेखेकी छन् । तस्वीरमा उनी निकै हट देखिएकी छन् । कालो चश्माका साथ उनको लुक्स आकर्षक देखिएको छ ।

आफ्नो लुक्सलाई अझ गरम बनाउन उनले कपालमा एक स्कार्फ पनि लगएकी छन् । उनको यो तस्वीरले प्रयोगकर्तालाई एले वुड्सको सम्झना गराइरहेको छ । जसले हावर्डमा कानूनको अध्ययन गर्न भर्ना हुन जाँदा विकिनी लगाएकी थिइन् ।

उनको तस्वीरमा प्रयोगकर्ताले ‘यो कस्तो स्कुल हो ?’ भन्दै प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१