राजधानीमै सालकको खपेटा सहित २ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७८, मंगलवार ०४:३३

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध कपन सरस्वतीनगरबाट १ किलो ८ सय ग्राम तौलको संरक्षित वन्यजन्तु सालकको खपेटा सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका-३ डाँडाखर्क बस्ने ३० वर्षीय कुल बहादुर तामाङ र सोही ठाउँ बस्ने २० वर्षीय जयराम तामाङ रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।

बरामद खपेटा सहित उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१