काठमाडौंमा मात्रै ६४४ जना संक्रमित, कुन जिल्लामा कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७८, आईतवार ०४:५९

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ६४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ललितपुरमा १४१ र भक्तपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हटस्पोट बनेको बाँकेमा ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा देशभर २६ सय १९ जनामा संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ रहेका छ । त्यस्तै निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३१३६ पुगेको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१