ठडियो धरहरा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७८, आईतवार ०४:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको धरहरा ६ वर्षपछि नवनिर्माण भएको छ ।

भूकम्पले क्षति पुर्याएको धरहरालाई यथावत् स्थानमा राखेको त्यसको नजिकै नयाँ धरहरा बनाइएको हो । २०७५ सालको कात्तिकमा धरहराको निर्माण सुरु भएको थियो ।

नवनिर्मित धरहरा २२ तलाको छ । धरहराको निर्माण लागत करिब ३ अर्ब ४५ करोड अनुमान छ ।

धरहरा आज उद्घाटन गरिएपनि तत्काल सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१