काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बढ्दो जोखिमबारे छलफल गर्न सरोकारवाला पक्षहरुसँग शनिवार छलफल गरेका छन् । छलफलमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिमा आवद्ध उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा रहेको थियो ।
बैठकमा सरकारले बैशाख ६ गते जारी गरेको आदेश कतैबाट पनि पालना नभएको बारे चर्चा भएको थियो । सरकारी आदेश र निर्णयको कार्यान्वयन नहुँदा जोखिम बढ्ने भन्दै विभिन्न विकल्पहरुका बारेमा छलफल भएको थियो ।
यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने र कार्यलयमा आधा कर्मचारीमात्र राख्ने प्रावधानमा जानुपर्ने हुन सक्ने सरकारी कर्मचारीहरुले बैठकमा प्रधानमन्त्री समक्ष सुझाव राखेको बताइएको छ ।
प्रतिक्रिया