देशभर १७० जना संक्रमित आईसीयूमा र ५९ को भेन्टिलेटरमा उपचार हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० बैशाख २०७८, शुक्रबार ०५:५८

काठमाडौँ। नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ५९ जना संक्रमित भेन्टिलेटरमा र १७० को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ८ जना संक्रमित आईसीयूमा, प्रदेशमा हाल आईसीयू र भेन्टिलेटरमा कुनै पनि संक्रमित उपचाररत छैनन् । यसैगरी बाग्मती प्रदेशमा ६७ जना आईसीयूमा र ४१जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६८ जना आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी कर्णाली प्रदेशमा १६ जना आईसीयूमा तथा सुदूरपश्चिम प्रदेशमा १०जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१