काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भर्खरै सकिएकाे छ । राजधानीको मेरियट होटलमा पार्टीको विवादबारे दुई नेताबीचको भेटमा छलफल भएको छ ।
भेटपछि दुबै नेता प्रफुल्ल भएकाे वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले बताए । दुबै नेता बीचकाे भेटवार्ता सकारात्मक भएकाे उनकाे भनाई थियाे ।
प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारबाट सुरु भएको नेताहरुको विवाद समाधान खोज्न थालिएको छ । प्रधानमन्त्री ओली र नेता योगेश भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएपछि दुई नेताबीचको भेटकाे वातावरण मिलेकाे हाे ।
चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल मेरियटमा छलफल भएको हो । पार्टीका अध्यक्ष रहेका ओलीले माधव नेपालसहित ४ जना नेतालाई कारबाही गरेका छन् । ओलीको कारबाही पछि खनाल–नेपाल पक्षले भने सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।
प्रतिक्रिया