अञ्चल अस्पतालमै औषधि अभाव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७१, बुधबार १३:१०

पथरी, ८ असोज  । नियमित रूपमा विपन्न वर्गलाई निःशुल्क औषधि वितरण गर्दै आएको विराटनगरको कोसी अञ्चल अस्पतालमा औषधिको अभाव भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तपेश्वरलाल कर्णका अनुसार अस्पतालले ठेक्केदार कम्पनी सिरी सर्जिकललाई बुझाउनुपर्ने रु ७० लाख नबुझाएकाले सो कम्पनीले औषधि निकासा गर्न छोडेपछि अभाव भएको हो ।

कात्तिक महिनादेखि अहिलेसम्मको जम्मा भुक्तानी रु ७० लाख छ । सरकारले विपन्न, गरिब तथा लक्षित वर्गलाई निःशुल्क दिने औषधि अभाव भएपछि कोसी अस्पतालमा उपचार गराउन आउने बिरामीले चिकित्सकको पुर्जीअनुसारको औषधि पाउन छोडेको मेडिकल सुपरिटेन्डेन्टको भनाइ छ ।

ठेक्केदार कम्पनी सिरी सर्जिकलका सञ्चालक राजेश अग्रवालले रकम उपलब्ध नभएसम्म अरू औषधि नदिने बताउनुभयो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१