पूर्वराजा ज्ञानेन्द्रसँगै कुम्भ मेलामा सहभागी मुख्यमन्त्री आदित्यनाथलाई कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७८, बिहीबार ०४:२१

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।

केही दिनअघि मात्र नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको कुम्भ मेलाको कार्यक्रममा आदित्यनाथ पनि सहभागी भएका थिए ।

आदित्यनाथले आफूलाई कोरोना संक्रमण पुटि भएको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन् ।

“जब प्रारम्भिक लक्षणहरू देखा पर्‍यो, मैले कोविड जाँच गरे र मेरो रिपोर्ट पोजेटिभ आयो,” मुख्यन्त्री आदित्यनाथले भने, “म आफैँ आइसोलेसनमा छु र डाक्टरहरूको सल्लाह पूर्णरूपमा अनुसरण गर्दैछु ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१