कोभिड प्रभावित क्षेत्रलाई सम्बोधन गर्नेगरी अनुशासित बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ बैशाख २०७८, बुधबार ०५:०४

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले कोरोना नियन्त्रण, रोकथाम र प्रभावित क्षेत्रलाई सम्बोधन गर्नेगरी आगामी बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री पौडेलले कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरुत्थान गर्ने कुरामा चालु आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने बताएका हुन् ।

उनले आधारभूत सिद्धान्तलाई आत्मसाथ गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको जानकारी पनि दिए । उनले बजेट निर्माणमा सम्बन्धित मन्त्रालय नै सम्पूर्ण रूपमा जबाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने जिकिर गरे ।

मन्त्री पौडेलले आगामी बजेटमा चालु आयोजना र कार्यान्वयको चरणमा रहेका आयोजनालाई प्राथमिकतामा राखिने बताए । बजेट विनियोजन गरिने तर कार्यान्वयन हुन सक्ने विषयलाई अर्थमन्त्रालयले अध्ययन गरिरहेको उनले बताए ।

बैठकमा समिति सदस्यहरुले गेम चेन्जर र रोजगारी सिर्जना गर्ने आयोजनाहरुलाई सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजना गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१