विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने विज्ञको सुझाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ चैत्र २०७७, मंगलवार ०४:४०

काठमाडौं । नेपालमा कोरोना संक्रमण बढेसँगै नेपालमा पुनः लकडाउन हुनसक्ने अनुमान गर्न थालिएको छ । यो बीचमा कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने सरकारी तयारी भइरहेको जनाइएको छ । तर विज्ञहरुले यस्तो निर्णय केन्द्र सरकारलाई नगर्न सुझाव दिएका छन् ।

शिक्षा मन्त्रालयले आज आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताएका हुन् । कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न सल्लाह दिएका छन् ।

छलफलमा आएका सुझावहरुलाई जस्ताको तस्तै सरकार समक्ष पुर्‍याउने मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । सहभागीहरुले एक ठाउँमा प्रभाव पर्यो भनेर सबै ठाउँमा विद्यालय बन्द गर्न नहुने बताएका छन् ।

कुन ठाउँमा प्रभाव परेको छ, त्यहीअनुसार निर्णय गर्नुपर्ने धेरैको बुझाई रहेको छ । विद्यालय सम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१