३०३ कोरोना संक्रमित थपिए, एकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७७, सोमबार ०५:०२

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार २८ पुगेको छ । त्यस्तै कोरोनाका कारण सोही अवधिमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालससम्म नेपालमा ३ हजार ४० कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४१ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल २ हजार ९६१ जना आइशोलेशन र ८३ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ जनाको पीसीआर परीक्षण भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१