फुजेल घटनाका अभियुक्त सबैलाई उच्च अदालतबाट सफाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७७, सोमबार ०४:५६

काठमाडौं । गोरखा फुजेल घटनाका अभियुक्तलाई उच्च अदालत पाटनको हेटौंडा इजलासले सफाइ दिएको छ । अदालतले जिल्ला अदाल चितवनको फैसलालाई नै सदर गरेको हो । आइतवार उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतकै फैसला सदर गरेका हुन् ।

उक्त फैसला पश्चात गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाइ पाएका हुन् ।

कृष्णप्रसादको २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । आफ्ना छोरा कृष्णप्रसादको हत्यामा गोरखा फुजेलका १२ जना संलग्न रहेको भन्दै गंगामाया र नन्दप्रसाद अधिकारीले जाहेरी दिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१