सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७७, सोमबार ०४:५३

काठमाडाैं । नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको टे«जरी बिल विक्री गर्न लागिएको जनाएको छ । त्यसमा रु आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ ।

सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको टे«जरी बिल विक्री गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१