काठमाडौं । नेकपा एमालेको झलनाथ–माधम समूहले अध्यक्ष केपी शर्मा ओलीका दुई नेतालाई कारबाहीको गरेको छ ।
ओली समूहका सुदुरपश्चिम अध्यक्ष कर्णबहादुर थापा र कञ्चनपुर जिल्ला कमिटी सदस्य राजेन्द्र सिंह रावललाई झलनाथ–माधम समूहले कारबाही गरेको हो ।
खनाल नेपाल समूहको चैत्र २३ र २४ गते बसेको सुदूरपश्चिम प्रदेश कमिटीको आठौं विस्तारित बैठकबाट उनीहरुलाई कारबाही गर्ने निर्णय गरिएको हो ।
थापालाई विभाजन गर्ने कार्यमा संलग्न भएको भन्दै कारबाही गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उनलाई नवौं महाधिवेशनबाट पारित विधानको धारा ४९ को क को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारबाही गरी पार्टीका सबैै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट १ वर्ष निलम्बनका लागि सिफारिस गरिएको नेता भीम रावलले बताए ।
यसैगरी कञ्चनपुर जिल्ला कमिटी सदस्य रहेका रावलले पार्टीको विधान विपरीत आफूलाई सुदूरपश्चिम प्रदेश कमिटीको सचिव दावी गरेको पाइएकाले जिल्ला कमिटीबाट कारबाही गर्ने निर्णय गरिएको उल्लेख छ ।
त्यसैगरी बैठकले केन्द्रीय प्रतिनिधि, जिल्ला इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी सदस्य तथा जिल्ला कमिटीका पदाधिकारीहरूका रिक्त स्थान पूर्ति गर्ने निर्णय गरेको छ भने जिल्लाहरुमा अध्यक्ष पनि चयन गरिएको छ ।
प्रतिक्रिया