यो सरकार जति घण्टा टिक्यो, त्यति अधिनायकवादीः नेता कोइराला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७७, आईतवार ०५:५३

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार जति घण्टा रह्यो त्यति अधिनायकवाद तिर जाने बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको बिचार गोष्ठीमा कोइरालाले तर आफ्नो पार्टी नेतृत्व गुमसुम भएर बसेका आफूले बुझ्न नसकेको बताए ।

उनले भने, ‘निरङ्कुशताको अन्त्यका लागि जन्मेको नेपाली काँग्रेसले त्यसलाई सहेर अगाडि बढ्न थाल्यो भने जनताले माफी दिँदैनन् ।’ वर्तमान सरकारलाई ढालेर नेपाली काँग्रेसकै नेतृत्वमा मिलीजुली सरकार बनाउने र त्यो सरकारले निर्वाचन गराउने उनको तर्क थियो । कोइरालाले । प्रधानमन्त्री र सभामुख दुबैका कारण संसद अनिर्णयको बन्दी बनेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१